मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगामा ट्राफिक प्रहरीको यान्त्रिक परीक्षण, २२ सार्वजनिक सवारी होल्ड

टिकट कालोबजारी गर्ने ११ जना पक्राउ
बिहीबार, १३ असोज २०७९, २१ : ०५
बिहीबार, १३ असोज २०७९

नागढुंगाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीको अवस्थाबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ । प्राविधिकहरुको सहयोगमा बिहीबार ६३ वटा सवारीको अवस्था परीक्षण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले रातोपाटीलाई बताइन् ।

यान्त्रिक परीक्षण गर्दा अवस्था ठिक नभएका २२ वटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिएको छ । होल्ड गरिएका सवारीलाई यातायात व्यवस्था कार्यालयमा पठाइने डीआईजी चौधरीले जानकारी दिइन् । अवस्था ठिक भएपनि ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १४ वटा सवारी साधनलाई प्रहरीले जरिवाना गरेको छ ।

त्यस्तै, दशैंको अवसरमा गाउँ फर्किनेहरूसँग टिकट कालोबजारी गर्न खोज्ने ११ जनालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेका छन् । सरकारले तोकेको भन्दा धेरै भाडामा मागेको फेला परेपछि उनीहरुलाई बल्खुबाट पक्राउ परेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार जगातीमा चालकले लागू पदार्थ सेवन गरेको वा नगरेकोबारे परीक्षण गरेको छ । मापसे परीक्षण गर्दा सवै चालकको रिपोर्ट नेगेटिभ आएको थियो । यान्त्रिक परीक्षण, टिकट कालोबजारी नियन्त्रण र लागू पदार्थ सेवन परीक्षणलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीब्रताका साथ अघि बढाएको छ ।

बुधवार तोकिए भन्दा धेरै भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले कोटेश्वर र नयाँ बसपार्कबाट पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप