शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रमा अमेरिकी उपराष्ट्रपतिले भ्रमण गरेलगत्तै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

बिहीबार, १३ असोज २०७९, २२ : १०
बिहीबार, १३ असोज २०७९

उत्तर कोरियाले बिहीबार साँझ दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । आफ्नो सीमा क्षेत्रमा अमेरिकी उपराष्ट्रपतिले भ्रमण गरेलगत्तै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले छोटो दूरीका मिसाइल परीक्षण गरेको जापानका रक्षामन्त्रीले जानकारी दिएका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सियोलमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलसँग भेटेको केही घण्टापछि उक्त परिक्षण भएको हो ।  पछिल्लो प्रक्षेपण बुधबार दुई छोटो दुरीका हतियार र आइतवार एउटा क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि भएको छ । यो पाँच दिनभित्र भएको पाँचौं परीक्षण हो । 

जापानी रक्षामन्त्री यासुकाजु हमादाले यो वर्ष उत्तरले गरेको उच्च संख्याको क्षेप्यास्त्र परीक्षणको आलोचना गरे । उनीहरू ‘जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षाको लागि खतरा’ रहेको उनले बताए ।  हमादाका अनुसार दुवै मिसाइल करिब ५० किलोमिटरको अधिकतम उचाइमा पुगेको र करिब ३०० किलोमिटर टाढा रहेको थियो । दुबै जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर जापानको सागरमा झरेको देखिएको छ । 

दक्षिण कोरियाली सेनाले पनि दुई छोटो दुरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गर्दै ती मिसाइल उत्तर कोरियाको सुनचोन क्षेत्रबाट प्रहार गरिएको बताएको छ ।  यसअघि बिहीबारै ह्यारिसले दुई कोरियालाई विभाजन गर्ने डीमिलिटराईज क्षेत्र भ्रमण गरेकी थिइन् । भ्रमणलाई उनले दक्षिण कोरियाको रक्षार्थ आफ्नो देशको ‘फलामे प्रतिवद्धताको’ प्रतिकका रुपमा अर्थ्याउने प्रयास गरेकी थिइन् । 

दक्षिण कोरिया र अमेरिकाबीच पाँच वर्षदेखि रोकिएको नौसैनिक अभ्यास सुरु भएपछि उत्तर कोरियाले आइतबारदेखि पछिल्लो परीक्षण सुरु गर्न थालेको हो ।  दक्षिण कोरियाको जासुसी एजेन्सीले बुधबार उत्तर कोरियाले पुन्ग्गे–री परीक्षण स्थलमा भूमिगत सुरुङ तयार गरेको र अक्टोबर १६ देखि नोभेम्बर ७ बीचमा आफ्नो सातौं आणविक परीक्षण गर्न सक्ने बताएको छ । –जापान टाइम्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप