वीरगञ्जका सबै विद्यालयमा सूचना अधिकारी तोक्न महानगरको निर्देशन

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरेकाले महानगरपालिकाले आज सूचना जारी गर्दै दसैँ बिदा बाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।


शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण



पर्साको जगरनाथपुर गाउँपालिकामा वडामै लाभग्राहीको सहजताका लागि सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन भएको छ । गाउँपालिकाले वडा कार्यालयमै शिविर सञ्चालन गरेर भत्ता वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले जानकारी दिए । एनआइसी एशिया बैंक जगरनाथपुर शाखाको समन्वयमा पालिकाले वडामै पुगेर भत्ता वितरण गर्न थालेपछि अब बैँकमै पुगेर लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ । यसबाट विशेषगरी अपाङ्गता भएका स्थानीय र ज्येष्ठ नागरिकलाई सहज भएको छ । 



जगरनाथपुरका छ वटै वडाका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल महिला र क तथा ख वर्गका अपाङ्गता भएका लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।