मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवार छान्न बालकोटमा साढे चार घण्टादेखि एमाले बैठक जारी

बिहीबार, १३ असोज २०७९, २२ : २९
बिहीबार, १३ असोज २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार छान्न बसेको नेकपा एमालेको सचिवालय बैठक साढे चार घण्टादेखि जारी छ ।  अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पौने ६ बजेबाट सुरु भएको बैठक अहिलेसम्म बसिरहेको ओलीको सचिवालयले जनाएको छ । 

बैठकमा समानुपातिक सूचीको हेरफेर र प्रत्यक्ष तर्फका उम्मेदवारबारे छलफल भएको बताइएको छ । यसअघि एमालेले समानुपातिक सूची टुङ्ग्याएको दावी गरेपनि नेता कार्यकर्तामा बढेको असन्तुष्टि सम्बोधन गर्न केही नामहरू हेरफेर गर्ने एमालेले तयारी गरेको छ । यसका साथै लोसपा र राप्रपासँगको चुनावी तालमेलका बारेमा समेत छलफल भएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप