बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लाल मोहम्मद प्रकरण : हत्यामा संलग्न आशंकामा ३ जना पक्राउ

शुक्रबार, १४ असोज २०७९, ०९ : ४०
शुक्रबार, १४ असोज २०७९

मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा  प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् । 

गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको एकजना उच्च प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।  घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।

आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुइ जनाले गोली हानेर भागेका थिए । हत्याको योजना भारतिय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप