बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘विक्रम वेधा’ र ‘पिएस वान’सँग भिड्दै ‘बाबरी’

शुक्रबार, १४ असोज २०७९, ११ : १३
शुक्रबार, १४ असोज २०७९

आजबाट देशभर फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

फिल्मले नेपालीतर्फ सोलो रिलिजको अवसर पाएपनि देशभरका हल भने पाएको छैन । किनभने कतिपय हल गतसाता रिलिज भएको ‘प्रेम गीत ३’ र आजबाट रिलिज भएको बलिउड ‘विक्रम वेधा’ र ‘पिएस वान’ ले पनि ओगटेको छ ।
 
‘बाबरी’ले दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको फिल्म हो । फिल्मले बलिउड फिल्म आएको कारण मल्टीप्लेक्सहरुमा राम्रो शोज पाउन सकेको छैन । 

गीतसंगीत र ट्रेलरको कारण चर्चामा रहन सफल फिल्म ‘वर्ड अफ माउथ’ बलियो हुन सके फिल्मले दशैंको एक हप्ता लामो विदाको फाइदा पनि उठाउन सक्नेछ । अभिनेता धीरज मगर र अभिनेत्री अदिति बुढाथोकी ४ वर्षपछि पर्दामा फर्किएकाले उनीहरुको फ्यान फ्लोइंगले पनि सुरुवाती व्यापारमा भूमिका खेल्न सक्ने अनुमान गरिएको छ । 

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्मको बिहीवार साँझ प्रिमियर समेत भएको थियो । प्रिमिएरमा पिःल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा धीरज र अदीतिको अलवा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ लगायतको अभिनय छ ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेको फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप