शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोरङको रंगेलीमा ३२ वर्षीय युवाको शव भेटियो, हत्याको आशंका

शुक्रबार, १४ असोज २०७९, १२ : २५
शुक्रबार, १४ असोज २०७९

मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । मोरङ सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने  ३२ वर्षीय अशोककुमार यादव धामीको शव भेटिएको छ । घरबाट काम गर्न भनी  हिँडेका यादवको आज बिहान मोरङको रङेली बटरवारी जाने भित्री सड्क खण्डमा शव भेटिएको हो । 

यादव असोज १४ गते घरबाट  काम गर्ने भनेर  प्र.नं. १०२०४४ प. ३२६१ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए । घरबाट हिँडेको भोलिपल्ट शुक्रवार बिहान  सा रङेली बटरवारी जाने भित्री सड्क खण्डको बाटोमा पार्किङ गरी राखी मोटरसाइकल राखेको स्थान बाट अन्दाजी १०/१२ मिटर दक्षिण बाटोमा कोल्टे परी मृत अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

घटनास्थलमा मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायक र इप्रका रंगेलिदेखी अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको छ । शव शङ्कास्पद देखिएकोले थप अनुसन्धान गर्न कुकुर सहितको टोली खटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप