‘आदिपुरुष’ को फष्टलुकमा रामको अवतारमा देखिए प्रभास

person explore access_timeअसोज १४, २०७९ chat_bubble_outline0

सन् २०२३ मा रिलिज हुने अभिनेता प्रभास अभिनिति बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रभास धनुष र बाण हान्ने योद्धा जस्तै देखिएका छन् । प्रभासको यो लुक्सलाई निकै रुचाइएको छ ।


प्रभासले पनि आफ्नो इन्स्टाग्राममा फिल्मको अफिसियल पोस्टर सेयर गरेका छन् । पोस्टरले फिल्मप्रति फ्यानको उत्साह झनै बढेको छ । फिल्मको टिजर भने यूपीको भगवान श्रीरामको सहर अयोध्यामा सरयू नदीको किनारमा सार्वजनिक गरिनेछ । फिल्ममा प्रभासको अलवा कृति सेननको पनि मुख्य भूमिका रहेको छ ।



फिल्म १२ जनवरीमा २०२३ मा आइम्याक्स र थ्रीडीमा रिलिज हुनेछ । फिल्म हिन्दीको अलवा तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा समेत रिलिज हुनेछ ।  फिल्ममा प्रभास भगवान रामको भूमिकामा छन्, भने कृति सीता, सन्नी लक्ष्मण र सैफ अली खान रावणको भूमिकामा छन् । फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन् । –दैनिक भास्कर 
 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।