काबुलको एक शैक्षिक केन्द्रमा विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । प्रहरीका अनुसार सहरको पश्चिमी भागको दश्त–ए–बर्चीस्थित काज शिक्षा केन्द्रमा विस्फोट भएको हो ।
विद्यार्थी परीक्षा दिइरहेका बेला विस्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन् । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन् । विगतमा पनि हजारा समुदायलाई लक्षित गरी आक्रमण भएका छन् ।
अहिलेसम्म कुनै पनि संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन ।
तालिवानले गर्यो आक्रमणको निन्दा
तालिवानको आन्तरिक मन्त्रालयले आक्रमणको निन्दा गर्दै सुरक्षा बल घटनास्थलमा पुगेको बताएको छ । अब्दुल नाफी टकोरले नागरिकमाथि आक्रमणले ‘शत्रुको अमानवीय क्रुरता र नैतिक मूल्यमान्यताको कमी’ प्रमाणित गरेको बताए ।
अफगानिस्तानको सत्तामा अघिल्लो वर्ष अगस्टमा तालिबानको फिर्ता भएको छ र उनीहरुले देशको अवस्थालाई स्थिर बनाउन प्रयास गरिरहेको बताएका छन् । तर, देशमा तालिवानको विपक्षी इस्लामिक स्टेटले आक्रमण जारी राखेको छ ।
यसअघि पनि दस्त–ए–बर्चीमा धेरै आक्रमण भएका छन् । केही आक्रमणमा विद्यालय र अस्पताललाई निशाना बनाइएको थियो । गत वर्ष, अफगानिस्तानमा तालिबान सत्तामा फर्कनु अघि, दश्त–ए–बर्चीमा गर्ल्स स्कुलमा हमला भएको थियो जसमा ८५ जना मारिएका थिए । मृत्यु हुनेमा धेरैजसो विद्यार्थी थिए र यसमा सयौँ घाइतेसमेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा