विपिन र दयाहाङको ‘के घर के डेरा’ को ट्रेलरमा के छ ?
दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । कार्यक्रममा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउत देखिएका छन् । ट्रेलरमा दयाहाङ र सुरक्षाको आफ्नै घर किन्ने चाहनादेखि विपिनको घर लुकाएको प्रसंग समेटिएको छ । आकर्षक शैलीमा निर्माण भएको ट्रेलरले फिल्म प्रति दर्शकको कौतुहलता जगाउन सफल छ ।
४ कात्तिकबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दयाहाङ, विपिन, सुरक्षा, र वर्षाको अलवा रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्री बालकलाकार आयुशी ढकालको समेत अभिनय छ ।
काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथामा निर्माण भएको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै