मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारी घोषणा गर्दै रवीन्द्र मिश्रले भने– नेपाली कांग्रेस प्रचण्डीकरण भयो

शुक्रबार, १४ असोज २०७९, १९ : ००
शुक्रबार, १४ असोज २०७९

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसको कडा आलोचना गरेका छन् । उनले कांग्रेस सिद्धान्तहीन भएको भन्दै प्रचण्डीकरण भएर देशको हित हुन नसक्ने बताए । शुक्रबार पार्टीका तर्फबाट प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी घोषणा गर्दै मिश्रले आफूले ३० वर्षभन्दा पछिका पुस्ताका लागि राजनीति गरेको बताए । क्षेत्र नम्बर १ का मतदाताकहाँ जाँदा आफूले पाउने गाली ताली सबै स्वीकार्य हुने भन्दै मिश्रले आफू निर्वाचित भएमा सो क्षेत्रका मतदाताले गर्व गर्न सक्नेगरी काम गर्ने जिकिर गरे । 

‘यो देश तपाईँ र मेरो पुस्तालाई रजाई गर भनेर कसैले दिएको होइन।  हामीभन्दा मुनिका पुस्तालाई पनि हेर्नुपर्छ’, मिश्रले भने । आफैँले निर्माण गरेको विवेकशील साझा आफूले गतिशीलताका लागि छाडेको पनि सो क्रममा बताए ।

राष्ट्रवादी शक्ति निर्माण नगरीकन देशको हित हुन नसक्ने उल्लेख गर्दै उनले राप्रपालाई नरम कन्जरभेटिभ पार्टी भएको बताए । नरम कन्जरभेटिभ  हुनु भनेको अतिवाद नभएको उल्लेख गर्दै उनले भने, ‘अति वामपन्थी वा अति कन्जरभेटिभ हुनु भनेकोचाहिँ अपराध हो । अति भयो भने खति हुन्छ । नरम सम्बद्र्धनवाद जसरी राप्रपाले अघि बढाएको छ, त्यो अघि बढाउन सकियो भने देशको हित हुन्छ। ’

उनले कांग्रेसमा बीपी, गणेशमान र किसुनजीको आदर्श हराएको उल्लेख गर्दै भने, ‘नेपाली कांग्रेसमा प्रचण्डीकरण भयो । बीपी, किसुनजी, गणेशमानको आदर्श कांग्रेसले छाडेको हो । ८ वर्ष जेल बस्ने बीपीले राजाको विरोध कहिल्यै गरेनन् । कृष्णप्रसाद १४ वर्ष जेल बस्दा कहिल्यै राजाको विपक्षमा हुनुभएन ।’

बीपी, गणेशमान र कृष्णप्रसादको आदर्श मान्ने कांग्रेसीप्रति आफ्नो सम्मान भएपनि जो प्रचण्डकीकरण भए उनीहरुप्रति सम्मान नरहेको मिश्रले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप