मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको सीआरएस :  मन्दिरलाई सहयोग

शुक्रबार, १४ असोज २०७९, १५ : ४९
शुक्रबार, १४ असोज २०७९

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत केन्द्रीय कार्यालय मार्फत काठमाडौं मैतीदेवी मन्दिरलाई सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । साथै बैंकले मन्दिर दर्शन गर्न पुग्ने भक्तजनहरूले डिजिटल माध्यम मार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन् भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेट बक्स  समेत राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप