शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवनमा मोटरसाइकल र कार ठोक्किँदा १ जनाको मृत्यु

शुक्रबार, १४ असोज २०७९, १५ : ५६
शुक्रबार, १४ असोज २०७९

चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ । टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको  ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए । 

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सोही नगरपालिका–१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिइन । घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 
कारसहित चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप