शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना कम गर्न कारलाई दुईवटा आँखा

शुक्रबार, १४ असोज २०७९, १६ : ३७
शुक्रबार, १४ असोज २०७९

भविष्यमा जापानको कारमा गोलो र निकै ठूल्ठूला आँखा देखिने भएको छ । सडकमा हिँड्ने पैदल यात्रीमाथि कुनै दुर्घटना नहोस् भनेर यस्तो गरिने भएको छ । यो प्रयोग एक स्वचालित कारमाथि गरिएको छ । यसले आँखा दायाँ–बायाँ घुमाउँछ र सडकका वरिपरि भएका मानिसलाई हेर्ने गर्छ । यदि कोही मानिसले कारलाई बेवास्ता गरेर सडक पार गर्न खोज्छन् भने कार आफैँ रोकिने गर्छ ।

‘यदि कारले पैदल यात्रुलाई हेरिरहेको छैन भने यसको अर्थ कारले पैदल यात्रीलाई चिन्न सक्दैन,’ अनुसन्धानकर्ताले भने । ‘त्यसैले पैदल यात्रीहरूले सडक पार गर्नु हुँदैन भनेर बुझ्नुपर्छ । यसो गर्दा सम्भावित दुर्घटना न्युनिकरण गर्न सकिन्छ ।’

अनुसन्धानलाई मान्ने हो भने यस्ता खालका ‘गेजिङ कार’ मा ट्राफिक दुर्घटना न्युनिकरण गर्ने क्षमता हुन्छ । यसका साथै यसले पैदल यात्रीलाई थप सुरक्षित महसुस गराउँछ ।

यस अध्ययनका लागि अनुसन्धाताले गल्फ बग्गी प्रयोग गरे जुन बाहिरबाट हेर्दा भित्र कोही पनि नभएको जस्तो देखिन्छ । अगाडि भएको ठूला एक जोडी आँखालाई अनुसन्धानकर्ताले नियन्त्रण गरेका थिए तर भविष्यमा यसलाई सेल्फ ड्राइभिङ कार अर्थात् स्वचालित कारको आर्टिफिसियल इन्टेलिजेन्सले नियन्त्रण गर्नेछ । यो अनुसन्धान भर्चुअल रियालिटीमा आधारित भएर गरिएको हो ।

अनुसन्धानमा ९ पुरुष र ९ जना नै महिला थिए । उनीहरुलाई आँखा भएका कारण सडकमा आउँदा सडक पार गर्ने कि नगर्ने भनेर आफैँले निर्णय गर्न भनिएको थियो । जम्मा जम्मी चार परिस्थितिमाथि अनुसन्धान गरियो । त्यसमध्ये दुईवटा कार्टमा आँखा राखेर गरियो भने अर्को दुईवटा आँखा नराखी नै गरियो । आँखा नराखी नै गरियो ।

सहभागीले कहिले चाहिँ बाटो काट्न आनाकानी गरे त भनेर अनुसन्धाताले अवलोकन गरे । कतिपटक बाटो काट्न सुरक्षित हुँदा पनि सहभागीले बाटो काटेनन् भने कतिपटक भने डरलाग्दो स्थितिमा पनि बाटो काट्न खोजियो । समग्रमा आँखा राखिएको अवस्थामा भने सहभागीले सहज रुपमा बाटो काटेका थिए ।

यद्यपि, नतिजामा लैङ्गिक विभाजन थियो । पुरुषका लागि ती आँखाले खरतनाक परिस्थितिमा मात्रै सहयोग गर्यो । उनीहरु खतरापूर्ण स्थितिमा पनि अगाडि बढ्न सक्लान् भनेर चेतावनी दियो । तर महिलाका लागि भने यी आँखाले बाटो पार गर्न सुरक्षित छ भन्ने संकेत गरेर आत्मविश्वास बढायो ।

‘यो नतिजाले लिङ्गबीच स्पष्ट भिन्नता देखाएको छ । यो निकै अचम्मको र अप्रत्याशित थियो,’ जापानको टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ता चिया–मिङ चाङले भने ।

‘उमेर र ब्याकग्राउन्डले सहभागीको प्रतिक्रियालाई प्रभावित पारेको पनि हुनसक्छ । हामीलाई के लाग्छ भने सडकका विभिन्न प्रयोगकर्ताको विभिन्न व्यवहार र आवश्यकता हुन्छ जसका कारण भविष्यको हाम्रो ‘सेल्फ–ड्राइभिङ वर्ल्ड’ का लागि भिन्न सञ्चार तरिका आवश्यकताको सम्भावना छ ।’

यो शोधलाई पियर रिभ्यूका लागि इन्टरनेशनल कन्फरेन्स अप अटोमोटिव युजर इन्टफेस एन्ड इन्टरेक्टिव भेइकुलर एप्लिकेशनमा प्रदर्शित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप