प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छः पूर्व राष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए ।
पूर्व राष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका काकरण प्राकृतिक विपद्हरु दिनप्रतिदित बढीरहेको बताए । उनले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताए ।
उनले वैज्ञानिकहरुले प्राकृकित श्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए ।
‘अहिले क्लाइमेट इमर्जेन्सी छ संसारमा । ग्लोवल वार्निङ भएर हाम्रो हिमालको हिउँ पग्लिरहेको छ । अन्टार्कटिकाको हिउँ पग्लिरहेको छ । साइबेरियामा आगो लागिरहेको छ । वैज्ञानिकहरुले यसबारेमा चेतावनी दिइरहेका छन् । तर अहिलेको संसारका कोही पनि नेतृत्वकर्ताहरुले यसमा चासो दिएका छैनन् । वैज्ञानिकहरु २२ औं शताब्दीमा मानव सभ्यता नै मुस्किलमा पर्ने भनिरहेको छ । प्रकृतिलाई शोषण गरेकै कारण प्राकृतिक विपद्हरु निम्तिरहेका छन्’, उनले भने, ‘हाम्रै हिमालको हिउँ पग्लिरहेको छ । नदीनाला दोहन गरिरहेका छौँ । चुरे क्षेत्र समाप्त भइरहेको छ । तराईको जंगल समाप्त भएको छ । तर लिडरलाई मतलव छैन । चट्टान फोरेर चुनको लोभमा चुनढुंगा निकालेर प्रकृति समाप्त भइरहेको छ । जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेका छन् । २१ औं शताब्दीमा रुस र युक्रेनको युद्धले लाखौं मानिस मरिरेहका छौँ ।’
पूर्व राष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरुको विनाशका कारण कोरोना लगायतका विभिन्न रोगहरु आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताए । न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु