मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका प्रदेश प्रमुख क्यानडा जाँदै, शेरचनलाई थप जिम्मेवारी

शुक्रबार, १४ असोज २०७९, १८ : ११
शुक्रबार, १४ असोज २०७९

कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडा भ्रमणमा जाने तय भएको छ । असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी क्यानडाको ओटावा जाने भएका हुन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीले उनको अनुपस्थितिमा  प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई तोकेकी छन् । 
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शेरचनलाई परियारको अनुपस्थितिमा काम गर्नेगरी प्रमुखको जिम्मेवारी तोकिएका राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप