शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी अभिनेतासँग अफेयरमा छिन् अमिषा पटेल ?

शुक्रबार, १४ असोज २०७९, १८ : १८
शुक्रबार, १४ असोज २०७९

अभिनेत्री अमिषा पटेल र पाकिस्तानी अभिनेता इमरान अब्बासको अफेयरको खबर बाहिर आएको छ । वास्तवमा अमिषा र अब्बासको हालै बहराइनमा एक कार्यक्रममा भेट भएको थियो । यस क्रममा दुवैले एउटा फनी भिडियो खिचेर इन्स्टाग्राममा सेयर गरे, त्यसपछि उनीहरुको अफेयरको हल्ला चल्न थाल्यो । तर अहिले अमिषाले यसबारे प्रतिक्रिया दिँदै यो भिडियोबारे प्रतिक्रिया दिएकी छिन् ।

अमिषाले यसलाई मूर्खतापूर्ण बताइन्

अमिषाले भनिन्, ‘मैले पनि यी रिपोर्ट पढेको छु र मलाई असाध्यै हाँसो उठ्यो । यो कुरा निकै क्रेजी र मूर्खतापूर्ण छ । मैले धेरै वर्षपछि मेरो साथीलाई भेटेको थिएँ र यो एउटा भेट मात्रै थियो ।’

यसबारे थप कुरा गर्दै अमिषाले भनिन्, ‘मेरो फिल्मको यो गीत अब्बासलाई मन पर्छ । यसका साथै यो मेरो मनपर्ने गीत पनि हो । त्यसैले हामीले तुरुन्तै यो भिडियो बनायौं, जुन हाम्रा साथीहरूले रेकर्ड गरेका थिए । भिडियो धेरै राम्रो लाग्यो, त्यसैले हामीले यसलाई पोस्ट गरेका छौं । यो सबै योजना अनुसार भएको भने होइन ।’

अमिषा र अब्बास कलेजका साथी हुन्

अमिषा भन्छिन्, ‘अमेरिकामा पढ्दादेखि नै हामी एकअर्कालाई चिन्छौँ । त्यसबेलादेखि म अधिकांश पाकिस्तानी साथीहरूसँग सम्पर्कमा छु । उनीहरु भारतलाई धेरै माया गर्छन् । यस्तै, अब्बास पनि त्यहाँको फिल्म उद्योगसँग सम्बन्धित छन् र यसका कारण हामीसँग कुरा गर्न धेरै विषयहरू छन् ।’

इमरान अब्बासले बलिउडमा पनि काम गरिसकेका छन्

अमिषा पटेलको वर्कफ्रन्टको कुरा गर्दा उनी छिट्टै ‘गदर २’ मा देखिनेछिन् । यो फिल्ममा उनीसँगै सनी देओल पनि देखिनेछन् । इमरानले धेरै पाकिस्तानी शो र फिल्ममा काम गरिसकेका छन् । उनले विक्रम भट्टको फिल्म ‘क्रिचर थ्रीडी’ बाट बलिउडमा डेब्यु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप