शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार शेरचनलाई

शुक्रबार, १४ असोज २०७९, २१ : २७
शुक्रबार, १४ असोज २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेकी छन् ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएपछि प्रधानमन्त्रीको सिफारिसमा उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप