बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

शनिबार, १५ असोज २०७९, ०६ : ०१
शनिबार, १५ असोज २०७९

हाल देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
 
आज दिउँसो प्रदेश १, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  
 
प्रदेश १, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको  महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप