आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुनेछ : कमल थापा

person explore access_timeअसोज १५, २०७९ chat_bubble_outline1

आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने राप्रपा नेपालका अध्यक्ष  कमल थापाले बताएका छन् ।  हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको उनको भनाइ छ । 


बागमती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरु जती आगामी चुनावमा एकजुट हुनुपर्नेमा जोड दिए ।  मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रव्यूहमा फसेको भन्दै थापाले राष्ट्रबादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे । 



पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजानुभन्दा अस्थिर बनाई विदेशी प्रभावलाई बढाउने खेल भैरहेको भन्दै थापाले अब जनता सचेत र जागरुक हुनुपर्नेमा जोड थापाले जोड दिए । 



कमेन्ट

  1. Oct. 1, 2022, 1:41 p.m. Kishor
    यसलाई भाजपा र RSS बाट भारु आउदै छ कि बन्द भयो ?
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।