बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राकेश कार्कीका चार मुक्तक

शनिबार, १५ असोज २०७९, ०८ : ४३
शनिबार, १५ असोज २०७९

चुनाव आउँदा
चुनाव आउँदा आफै आउँछन्
निकै मीठो भट्याउँछन्
जितेपछि भिडियो र टिभीमा
आफ्नो शान फूर्ति देखाउँछन् ।

रमिता
अब त रमिता देख्नु हुने भो हजुरबाले
धानखेत बारी सबै क्यासिनो हुन थाले
कोही नेताले गर्नु नगर्नु गरेर इज्जत फाले
कोहीले ऐश आरामले चट्ट बोके दाह्री पाले ।

हीरा
जब म हीरा थिएँ
सबै मेरा थिए
कोही चम्चा
कोही बेरा थिए ।

ऐजन ऐजन
म गएँ ऐजन ऐजन
मेरा कोही छैनन्
ती नाता ती साथी
अब मेरा हैनन् । 
राकेश कार्की, हालः लस एन्जेलस 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप