मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चाडपर्वमा सुरक्षा व्यवस्थालाई कडा गर्न सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन

शनिबार, १५ असोज २०७९, १० : १६
शनिबार, १५ असोज २०७९

चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसका लागि प्रदेशभर ४ हजार १४१ जना प्रहरी परिचालन गरिएको छ भने सुर्खेतका तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्त-सुचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ । ‘कर्णाली प्रदेशको कुकुर शाखा अझै लुम्बिनी प्रदेशको बाँकेमा छ,’उनले रातोपाटीसँग भने,‘ हामीले दुई वटा कुकुर केही दिन अघि नै ल्याएर परिचालन गरिसकेका छौं।’

विशेषगरी प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा अपराधिक क्रियाकलाप बढी हुने गरेका छन् भने लागुऔषध कारोबार पनि धेरै नै हुने गरेको प्रहरीको निष्कर्ष छ । सोही कुरालाई मध्यनजर गरेर एउटा लागुऔषध सम्बन्धी र एउटा बिष्फोटक पदार्थ, हातहतियार सम्बन्धी चेकजाँच गर्ने कुकुर ल्याइएको श्रेष्ठले बताए । ‘कर्णालीको प्रवेशद्धार भनेको बबई, छिन्चु हो। चाडपर्वको समयमा कुनै हातहतियारहरु, विस्फोटक पदार्थ र लागुऔषध कारोबार हुन्छ की भनेर पुर्व तयारी स्वरुप कुकुर परिचालन गरिएको हो,’उनले भने,‘ बिहीबार छिन्चुमा (कोहलपुर–सुर्खेत) वीरेन्द्रनगर, सल्यान, जाजरकोट जाने सवारी साधनको चेकजाँच गरिएको थियो । शनिबार राजधानी वीरेन्द्रनगरमा कुकुर आइपुग्छन् ।’ 

उनका अनुसार सुर्खेतमा बाहेक अन्य जिल्लामा कुकर परिचालन गरिने छैन् । अन्य जिल्लाहरुमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि प्रहरी परिचालन गरिएको छ । दसैँको समयमा कसैले हातहतियारहरु, बिष्फोटक पदार्थहरु ओसार–पसार हुन सक्छ कि भनेर कुकुर परिचालन गरिएको उनले बताए । 

प्रदेश प्रहरी कार्यालयले १२५ नियमित क्युआरटी परिचालन गरिने बताएको छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ । त्यसैगरी ट्राफिकसहित संयुक्तरुपमा ५३ स्थानमा आकस्मिक जाँच तथा  चोरी, तस्करी, लागुऔषध कारोबार लगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ ।  झै–झगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप