शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा झिलिमिली काठमाडौं (फोटोफिचर)

शनिबार, १५ असोज २०७९, १० : ४६
शनिबार, १५ असोज २०७९

देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दसैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिली बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ  । बजारमा डमी पिङ, लटाईले सजाइएको छ । 

साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सजाएका हुन् ।

 

दसैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न सकिन्छ ।  काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ । उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । 

अर्कातिर यही बेला विदेशबाट दसैँ मनाउन आउनेहरू पनि छन् । उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप