दादासाहेब फाल्के लिँदै आशाले भनिन्– ‘मेरा सबै इच्छा पूरा भए’
बलिउड अभिनेत्री आशा पारेख ६८ औं दादासाहेब फाल्के अवार्डबाट सम्मानित भएकी छिन् । राष्ट्रपति द्रौपदी मुर्मुले आशालाई एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिन् । अवार्ड पाउँदा निकै खुसी लागेको आशाले बताइन् ।
‘यो अवार्ड मेरो जन्मदिनको दुई दिनअघि नै पाएछु । यो मेरो ८० औं जन्मदिनका लागि सबैभन्दा राम्रो उपहार हो । यो अवार्ड पाउँदा खुसी लागेको छ । मेरा सबै इच्छा पूरा भएजस्तो लाग्छ । सुरुमा यो अवार्ड पाएको थाहा पाएपछि पत्याउनै सकिनँ । तर अहिले यो अवार्ड पाएको जस्तो लाग्छ ।
आशाको जन्म मुम्बईमा भएको थियो । उनले १० वर्षको उमेरमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । आशाले करिब ९५ बलिउड फिल्ममा काम गरिसकेकी छिन् । उनी पछिल्लो पटक सन् १९९९ मा आएको फिल्म ‘सर आँखो पर’ मा देखिएकी थिइन् । आशा ११ पटक लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित र १९९२ मा भारत सरकारले उनलाई देशको प्रतिष्ठित पद्मश्री अवार्डबाट सम्मानित गरेको थियो ।
आशा हाल डान्स एकेडेमी ‘कारा भवन’ चलाइरहेकी छिन् । यसबाहेक मुम्बईको सान्ता क्रुजमा उनको अस्पताल ‘बीसीजे अस्पताल र आशा पारेख रिसर्च सेन्टर’ पनि सञ्चालनमा छ । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री प्रचण्ड
-
ब्राजिलमा कोकिनको क्याप्सुल निलेर नेपालमा तस्करी
-
रास्वपाले भोलि दलबलसहित इलाम-२ मा उम्मेदवारी घोषणा गर्दै
-
‘गाउँ आएको बाटो’ १२ औँ बेइजिङ अन्तर्राष्ट्रिय सिने महोत्सवमा छनोट
-
कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौँबाट पक्राउ
-
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा