‘अम्बे ग्रुपको डिलर मिट’
अम्बे ग्रुपले आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरको जमघट कार्यक्रम गरेको छ । नेपालगन्जमा भएको कार्यक्रममा ग्रुपका अध्यक्ष हरि न्यौपानेले अम्बे स्टील र सिमेन्टको राम्रो बिक्री गरेकामा डिलरहरुलाई धन्यवाद दिए ।
उक्त अवसरमा अम्बे स्टीलका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशमा यति ठूलो उद्योग स्थापना गरी उद्योग, रोजगारी, सिर्जना गर्नुका साथै कलाकार, डिलर, उपभोक्ता, सबैको आर्थिक हैसियत बढाउन सहयोग पुर्याएकोमा ग्रुपलाई धन्यवाद तथा आभार व्यक्त गरे ।
सोही अवसरमा ग्रुपका निर्देशक शिवाज न्यौपानेले उद्योगलाई समय सापेक्ष, प्रविधिमैत्री, जनउत्तरदायी, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै देशकै अनुकरणीय उद्योगका रुपमा स्थापित गर्न नवीनतम सोचसहित विभिन्न नयाँ भेञ्चर थप्दै लगिने जानकारी गराए ।
उक्त अवसरमा दुई प्रदेशका प्रायः सबै डिलरबाट झण्डै ५ सय जनाभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा किचलो : मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा उल्झन
-
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती
-
बालबालिकाका लागि भिटामिन ‘ए’ राष्ट्रिय अभियान, तस्बिरमा हेर्नुहोस्
-
गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिन पाउँछन् ?
-
एमालेले भन्यो– मुख्यमन्त्रीलाई संविधानको धारा १८८ बाट भाग्ने ठाउँ छैन
-
अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी