प्लेस्टोरबाट इसेवा गायब प्रकरण : ‘अपडेट गर्दा एउटा अक्षर छुटेछ, अहिले भइसक्यो’

शुक्रबार साँझदेखि प्ले स्टोरबाट नेपालको पहिलो मोबाइल वालेट इसेवा गायब भएको थियो । इसेवा गायब भएपछि धेरैले यसबाट करोडौंको क्षति हुनसक्ने र प्ले स्टेरले नै हटाइदिएको हल्ला गरेपनि त्यसमा सत्यता नभएको पाइएको छ ।
नेपालको पहिलो मोबाइल वालेट इसेवाका मिडिया कोअर्डिनजेटर विष्णु पोखरेलका अनुसार एप्स अपडेट गर्दा भएको सानो गल्तीले केही समय प्ले स्टोरमा नदेखिएको बताए । पोखरेलले भने, ‘शुक्रबार साँझ एप्स अपडेट गर्ने क्रममा एउटा अक्षर छुटेछ । एउटा अक्षर छुटेको कारण ESEWA सर्च गर्दा प्ले स्टोरमा नदेखिएको हो । अहिले हामीले त्यो बनायौँ र प्ले स्टोरमा देखिइसकेको छ ।
पोखरेलका अनुसार गुगलको प्ले स्टोरले इसेवालार्य हटाएको नभई टेक्निकल इररका कारण त्यस्तो भएको हो । गुगलको प्ले स्टोरमा तत्कालीन समयमा इसेवा नदेखिएको भएपनि एप्पलको एप स्टोरमा भने इसेवा देखिएको थियो । अहिले भने एप स्टोर र प्ले स्टोर दुवै स्थानमा इसेवा उपलब्ध छन् ।
टेक्निकल इररका कारण केही समय प्ले स्टोरमा नदेखिएपनि अहिले दुवैतिर उपलब्ध रहेको र इसेवाको सेवामा कुनै समस्या नरहेको पोखरेलले बताए । उनले भने, ‘केही समय एउटा अक्षर छुट्दा नदेखिएको हो, अहिले समस्या समाधान भइसक्यो, अब ढुक्कले इसेवा चलाउन मिल्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने
-
कर्णालीमा पहिलोपटक मिर्गौला प्रत्यारोपण
-
चीनमा ५ वटा सवारी साधन ठोक्किँदा १६ जनाको मृत्यु
-
रास्वपा सरकारबाट बाहिरिँदा के भन्छन् प्रमुख छ दलका नेताहरु ?
-
त्रिभुवन विश्वविद्यालयमा स्नातक तह चौथो वर्षका विद्यार्थीहरू किन भइरहेका छन् आन्दोलित ?
-
सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु