सातामा १२ सयले बढ्यो सुनको मूल्य
शनिबार, १५ असोज २०७९, १२ : १२
यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १२ सयले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो । जुन, साताभरमा तोलामा १२ सयले बढेर ९३ हजार रुपैयाँ कायम भएको छ । यो साता सोमबार सुनको मूल्य स्थिर थियो । यस्तै मंगलबार ४०० ले घटेको थियो भने बुधबार २०० रुपैयाँले बढेको थियो ।
यसैगरी बिहीबार एकैदिन तोलामा १२ सय रुपैयाँले बढेको थियो । यस्तै शुक्रबार प्रतितोला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो । यो साता चाँदीको मूल्य भने स्थिर कायम छ । गत साताको शुक्रबार तोलामा ११ सय ७० रुपैयाँ कायम रहेको चाँदीको मूल्य हिजो शुक्रबार पनि यही कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी