शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा फेरि दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

शनिबार, १५ असोज २०७९, १२ : १६
शनिबार, १५ असोज २०७९

उत्तर कोरियाले फेरि दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यसको पुष्टि गर्दै दक्षिण कोरियाली अधिकारीहरूले क्षेप्यास्त्रहरू जापानको सागरतर्फ प्रहार गरिएको बताएका हुन् ।  जापानको विदेश मन्त्रालयले पनि मिसाइल प्रहार भएको पुष्टि गरेको छ ।

जापानी कोस्ट गार्डका अधिकारीहरूका अनुसार मिसाइलहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेका थिए र तिनीहरूको कुनै पनि जहाजमा क्षति पुगेन। प्योङयाङको सुनान क्षेत्रबाट शनिबार बिहान ६ः ४५ र ७ः ०३ मा मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले संयुक्त चिफ अफ स्टाफलाई उद्धृत गर्दै जनाएको छ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको दक्षिण कोरिया भ्रमण सकिएलगत्तै उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले यो वर्ष मिसाइल प्रक्षेपणको संख्या बढाएको छ । उत्तर कोरियाले सन् २०१७ मा पहिलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो।

केही रिपोर्टमा उत्तर कोरियाले आगामी केही हप्तामा परमाणु हतियारको परीक्षण गर्ने दाबी पनि गरिएको छ । उत्तर कोरियाले यस वर्षको सुरुदेखि हालसम्म २० वटा ब्यालेस्टिक मिसाइल र दुईवटा क्रुज मिसाइल परीक्षण गरिसकेको छ । पछिल्लो एक हप्तामा यो चौथो परीक्षण थियो जसमा कुल ६ वटा मिसाइल प्रहार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप