शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अविवाहित राजेशपायल राई बनेकै हुन् त बुबा ?

शनिबार, १५ असोज २०७९, १२ : २१
शनिबार, १५ असोज २०७९

विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ ।  

राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस्थहरु बताउँछन् । 

केही अगाडि राईको साङबुङ राईसँगको रिलेसनसिपको   गसिप समेत मिडियामा छाएको थियो । ह्याम्स अस्पतालमा उनीहरुले नियमित स्वास्थ्य जाँच गराउँदै आएको र त्यही सन्तानको जन्म भएको निकटस्थले बताएका छन् । सङबुङ राजेशभन्दा आधा उमेरले कान्छी रहेको बताइएको  छ ।  राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० उमेरको रहेको निकटस्थहरु बताउँछन् । 

साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएको बताइन्छ । केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको बताइन्छ । उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउदै आएका छन् । 

यस विषयमा गायक राजेशपायलसँग पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । यो विषय उनले स्पष्ट पार्लान् वा अझै गुपचुप राख्छन् त्यो भने समयले नै बताउला !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप