शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुर्किना फासोमा अर्को सैन्य कू

शनिबार, १५ असोज २०७९, १२ : ४१
शनिबार, १५ असोज २०७९

बुर्किना फासोमा एक सैनिक क्याप्टेनले सैन्य नेता लेफ्टिनेन्ट कर्णेल पाउल हेनरी डामिबालाई हटाएको राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् । इब्राहम ट्राओरेले लेफ्टिनेन्ट कर्णेल डामिबाले इस्लामिक विद्रोहीलाई नियन्त्रण गर्न नसकेका कारण यो निर्णय लिइएको जानकारी दिएका हुन् । उनले अनिश्चितकालका लागि देशको सीमानाका बन्द गरिएको र सबै खाले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाइएको पनि घोषणा गरे ।

लेफ्टिनेन्ट कर्णेल डामिबाले गत जनवरीमा निर्वाचित सरकारलाई इस्लामिक विद्रोहीलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै सैन्य कू गरेका थिए । तर उनको प्रशासन पनि जिहादी हिंसालाई नियन्त्रण गर्न असफल भएको थियो । गत सोमबार देशको उत्तरी भागमा ११ जना सैनिक मारिएका थिए । 

बुर्किना फासोमा सन् २०१५ मा इस्लामी विद्रोह सुरु भएको थियो । त्यसयता हजारौँको मृत्यु भएको छ भने २० लाख जना घरविहीन बनेका छन् । सन् १९६० मा स्वतन्त्र बनेको यो देशमा हालसम्म ८ वटा सफल कू भइसकेका छन् । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप