रुसको निन्दा गर्ने प्रस्तावमा भारत र चीनले मतदान गरेनन्
शनिबार, १५ असोज २०७९, १३ : ०८
युक्रेनका चारवटा नयाँ क्षेत्रमा रुसको कब्जा र त्यहाँको जनमत संग्रहको विरुद्धमा निन्दा गर्ने प्रस्तावमा भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा मतदानबाट आफूलाई टाढा राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चार युक्रेनी क्षेत्रलाई रुससँग गाभ्ने घोषणा गरेका थिए। त्यसपछि अमेरिका, संयुक्त राष्ट्रसंघलगायत अन्य देशले यसको कडा निन्दा गरेका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले युक्रेनका चार क्षेत्रहरू कब्जा गरेकोमा रुसको निन्दा गर्ने प्रस्तावमा मतदान गर्यो, जुन उसले भिटो गर्यो। रुसको अतिक्रमण विरुद्ध ल्याइएको मस्यौदा प्रस्तावमा पन्ध्र देश सदस्य रहेको सुरक्षा परिषद्का १० राष्ट्रले मतदान गरे पनि चीन, ग्याबोन, भारत र ब्राजिल भने त्यसबाट टाढा रहे । –बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके