शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैंलाई १ करोडको तास आयात

शनिबार, १५ असोज २०७९, १३ : २५
शनिबार, १५ असोज २०७९

चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो ।

विभागका अनुसार यस अवधिमा उक्त मूल्य बराबरको ६ लाख ७८ हजार वटा तास भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ७४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै यही वर्षको वैशाखदेखि तास आयात प्रतिबन्ध लगाएको थियो । 

तर, पछिल्लोपटक प्रतिबन्ध लगाइएका मध्ये ६ वस्तुको आयात खुलाउँदा तासको आयात समेत खुलाइएको थियो । यससँगै, नेपालमा तास आयात बढ्न थालेको हो । नेपाल भित्रिएका सबै तास उत्तरी छिमेकी मुलुक चीनबाट भित्रिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप