मुस्ताङबाट फर्कियो ‘अन्तिम संस्कार’ को टिम
शनिबार, १५ असोज २०७९, १३ : ३३
प्रदिप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को टिम हिमाली जिल्ला मुस्ताङको छायांकन सकेर फर्किएको छ । चालीस प्रतिशत छायाङ्कन पुरा गरेर बाँकी छायाङ्कन दसैंपछि गर्ने गरेर फिल्म युनिट काठमाडौं फर्किएको हो ।
शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको सांस्कृतिक तथा सामाजिक कथा वस्तुमा बन्न लागेको फिल्म युनिट एक महिना अगाडि मुस्ताङ पुगेको थियो ।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन भएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी दिए । डेढ करोड लागत निर्माण खर्च अनुमान गरिएको फिल्ममा विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको रहनेछ । फिल्मका छायांकार बाबु श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल