शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पदक विजेता सञ्जीव र सन्जित सम्मानित

शनिबार, १५ असोज २०७९, १४ : ३४
शनिबार, १५ असोज २०७९

मनमैजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सञ्जीव तामाङ र सन्जितकुमार राईलाई शनिबार सम्मान गरेको छ । तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङ्फु स्कुलका संस्थापक एवं प्रमुख प्रशिक्षक रमेश महर्जनलगायतले उनीहरूलाई प्रशंसा पत्र र खादा प्रदान गरी सम्मान गरे । सो अवसरमा मेयर महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएर योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा सञ्जीवले स्वर्ण जितेका थिए । उनले लाइट कनट्याक्ट पुरुष ६५ केजीमुनि कांस्य हात परेका थिए । त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा स्वर्ण तथा ट्रेडिसनल फम्समा कास्य जितेका थिए ।

सोही अवसरमा पहिलो डान प्राप्त गर्न सफल मनीष पुटुवार, सिओन सुनुवार र निराजन मोक्तानलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो । उनीहरूको ग्रेडिङ नेपाल उमा कुङ्फु संघका सहायक प्रमुख प्रशिक्षक उद्धव थापा मगरले सञ्चालन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप