शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रवीन्द्र मिश्रका पालामा ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज

शनिबार, १५ असोज २०७९, १५ : ३८
शनिबार, १५ असोज २०७९

विवेकशील साझा पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष मिश्रका पालामा ल्याइएको विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको हो ।  

बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज निष्कर्ष निकालेको छ । बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको सो पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रवक्ता परियारले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरू भएको दावी गरेका छन् । बैठकले केही नेताहरूमाथि पार्टी हित विपरित कार्य गरेको भन्दै स्पष्टीकरण लिने निर्णय समेत गरेको छ । पूर्व अध्यक्ष मिश्र केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप