शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शनिबार, १५ असोज २०७९, १५ : ५०
शनिबार, १५ असोज २०७९

आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेससभा सदस्य पदको निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गराउन शनिवार उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । जिल्ला समन्वय समिति उदयपुरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको साइनबोर्ड राख्दै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले प्रतिनिधिसभा सदस्य तथा प्रदेससभा सदस्य पदको निर्वाचन सम्बन्धि तोकिए बमोजिमका सम्पूर्ण कार्यहरु सम्पन्न गराउन आजैबाट कार्यालय सञ्चालनमा आएको बताए । 

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको उदयपुरको मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतमा यस अघि नै क्रमश: जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीलाई मुख्य निर्वाचन अधिृकत र फैसला कार्यन्वयन निर्देशनालयका निर्देशक जीवनकुमार भण्डारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

जिल्ला न्यायाधीश सुवेदीले मुख्य निर्वाचन अधिकृतको साथै प्रतिनिधि सभा उदयपुर क्षेत्र नम्बर १ र सोही क्षेत्रको प्रदेश क र ख को समेत सोहि कार्यालयबाट जिम्मेवारी बहन गर्नु हुने तथा भण्डारीले प्रतिनिधी सभा उदयपुर क्षेत्र नम्बर २ र त्यस क्षेत्र अन्तर्गत रहेको प्रदेशसभा क र ख मा निर्वाचन गराउने जिम्मेवारी बहन गर्नुहुनेछ  ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न वा गराउनका लागि प्रत्येक जिल्लामा आयोगले एकजना मुख्य निर्वाचन अधिृकत र प्रत्येक क्षेत्रमा एकजना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था भए अनुसार आफूहरुलाई नियुक्त भएकोले शनिबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन सम्वन्धि कामको सुरुवात गरिएको सुवेदीले बताए ।

सो अवसरमा उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्वच्छ तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउन र आम मतदातालाई निर्धक्क भएर आफ्नो मत दिने वातावरण निर्माण गर्न र आम मतदाताहरूमा शान्ति सुरक्षाको प्रत्याभूत दिनमा स्थानीय प्रशासनले कुनै कसर बाँकी राख्ने छैन भने । निर्वाचन क्षेत्र नं २ को भने दशै पर्वको बिदा सकिएलगत्तै कटारी बजारमा कार्यालय स्थापना गरिने मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप