शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपराष्ट्रपतिबाट सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

शनिबार, १५ असोज २०७९, १६ : २९
शनिबार, १५ असोज २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिनुभएको र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको छ । 
जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरेका छन् ।

‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, जोशीलाई राष्ट्रपिताका रुपमा सम्बोधन गर्दै उपराष्ट्रपतिले भनेका छन्, ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’ शताब्दी पुरुष जोशी डेङ्गु सङ्क्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप