शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धादिङ दुर्घटना अपडेट : २ जनाको सनाखत

शनिबार, १५ असोज २०७९, १७ : ३८
शनिबार, १५ असोज २०७९

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना ४ ख ८०४१ नंको गाडी सडकमा पल्टिएर  दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय  इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । 

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुई जनाको अवस्था सामान्य छ । उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप