बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाबरले बराबरी गरे कोहलीको अर्को कीर्तिमान

शनिबार, १५ असोज २०७९, १८ : १७
शनिबार, १५ असोज २०७९

पाकिस्तानको क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतका पूर्व कप्तान विराट कोहलीको अर्को कीर्तिमान बराबरी गरेका छन् । इंग्ल्याण्डविरुद्ध शुक्रबार खेलिएको छैटौँ टी–२० खेलमा बाबरले अन्तर्राष्ट्रिय टी–२० खेलमा ३ हजार रन पुरा गरेका हुन् ।

उनले ८१ पारीमा यो उपलब्धि हासिल गरेका हुन् । योसँगै उनले सबैभन्दा कम खेलमा ३ हजार रन पुरा गर्ने कोहलीको कीर्तिमान बराबरी गर्न सफल भए । बाबर टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजार रन बनाउने एक्लो पाकिस्तानी खेलाडी पनि हुन् ।

टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने सूचीमा भारतका वर्तमान कप्तान रोहित शर्मा शीर्ष स्थानमा रहेका छन् । उनले ३ हजार ६९४ रन बनाएका छन् । कोहली ३ हजार ६६३ रनसहित दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा रहेका मार्टिन गुप्टिलले ३ हजार ४९७ रन बनाएका छन् भने बाबर ३ हजार ३५ रनसहित चौथो स्थानमा छन् । पाँचौँ स्थानमा पल स्टर्लिङ रहेका छन् । उनले ३ हजार ११ रन बनाएका छन् । 

–दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप