शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेक्वान्दो टोली स्लोभेनिया प्रस्थान

शनिबार, १५ असोज २०७९, १९ : ००
शनिबार, १५ असोज २०७९

आठौं आईटीएफ तेक्वान्दो वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन् ।

अक्टोबर १ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा भिसम छन्त्याल, सम्झना कुँवर, अनिशा छन्त्याल, थमप्रकाश छन्त्याल, बेगम छन्त्याल, सन्दिप चौधरी र तारा छन्त्यालले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा अभिषेक छन्त्याल, व्यवस्थापकमा यमबहादुर छन्त्याल र निर्णायकमा सीताराम दराईं रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमलाले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप