आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

भारतमा फाइभजी मोबाइल सेवाको औपचारिक उद्घाटन

शनिबार, १५ असोज २०७९, १९ : ५३
शनिबार, १५ असोज २०७९

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशमा फाइभजी मोबाइल सेवाको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीले फाइभजीको सुरुवात गरेपछि शनिबारदेखि नै देशका आठ सहरमा फाइभजी सेवा सुरु भएको छ ।

आगामी वर्षसम्म यो सेवा देशभर विस्तार गर्ने योजना छ । दिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कांग्रेस २०२२’ नामक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले यो सेवा सुरु गरेका हुन् । यससँगै फाइभजी सेवाले देशमा अति उच्च गतिको इन्टरनेटको बाटो खोल्नेछ ।

औपचारिक उद्घाटनपछि एयरटेलका अध्यक्ष सुनिल मित्तलले आफ्नो कम्पनीले फाइभजी सेवा सुरु भएको घोषणा गरेका थिए । शनिबार (अक्टोबर १) देखि आठ सहरमा फाइभजी सेवा सुरु भएको मित्तलले जानकारी दिए ।

फाइभजी सेवा सुरु हुने आठ सहरहरूमा दिल्ली, मुम्बई, बेंगलुरु, वाराणसी समावेश छन्। कम्पनीका अधिकारीहरूका अनुसार एयरटेलले मार्च २०२४ सम्ममा देशको हरेक कुनामा फाइभजी सेवा पुर्‍याउने छ ।

–बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप