शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस अध्यक्षका तेस्रो उम्मेदवार त्रिपाठीको उम्मेदवारी खारेज

शनिबार, १५ असोज २०७९, २० : ०७
शनिबार, १५ असोज २०७९

भारतीय कांग्रेस अध्यक्ष पदका लागि तेस्रो उम्मेदवार तथा झारखण्डका पूर्व मन्त्री केएन त्रिपाठीको उम्मेदवारी शनिबार खारेज भएको छ । शनिबार बसेको छानबिन समितिको बैठकपछि पार्टी केन्द्रीय निर्वाचन प्राधिकरणका अध्यक्ष मधुसूदन मिस्त्रीले सो जानकारी दिएका हुन् ।

यसरी यस चुनावमा अहिलेसम्म दुई उम्मेदवार मल्लिकार्जुन खर्गे र शशि थरुर बाँकी छन्। उम्मेदवारी दर्ताको अन्तिम दिन शुक्रबार त्रिपाठीले उम्मेदवारी दर्ता गराएका थिए । हस्ताक्षर जस्ता समस्याका कारण केएन त्रिपाठीको उम्मेदवारी फारम तोकिएको मापदण्ड पूरा नभएकाले खारेज गरिएको मधुसूदन मिस्त्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप