शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालमा उपचाररत बिरामीहरूलाई भेटेर उपराष्ट्रपतिले दिए दसैँको शुभकामना

शनिबार, १५ असोज २०७९, २० : ४६
शनिबार, १५ असोज २०७९

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अस्पतालमा उपचाररत बिरामीहरूलाई दसैँको शुभकामना दिएका छन् । ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत बिरामीहरूलाई शनिबार बिहान भेटेर उपराष्ट्रपति पुनले दसैँको शुभकामना दिनका साथै स्वास्थ्य लाभको कामना समेत गरेका हुन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट गर्न किष्ट शिक्षण अस्पताल पुगेको अवसरमा उपराष्ट्रपति पुनले अस्पतालको विभिन्न वार्ड र आकस्मिक कक्षमा उपचाररत अन्य बिरामीहरूलाई भेटेका थिए । ‘यहाँहरू उपचारका लागि अस्पतालमा हुनुहुन्छ । म दसैँको शुभकामना दिनका लागि तपाईंहरुलाई भेट्न आएको हुँ,’ बिरामीहरूसँगको भेटमा उनले भने, ‘दसैँको मुख्य दिन आउन बाँकी छ । त्यस दिनसम्म यहाँहरू निको भएर घर फर्कनु हुने र रमाइलोका साथ दसैँ मनाउनुहुने मैले विश्वास लिएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप