शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिल्ला प्रशासनका कार्यालय भक्तपुरद्वारा हातहतियार बुझाउन निर्देशन

शनिबार, १५ असोज २०७९, २१ : ११
शनिबार, १५ असोज २०७९

जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरू बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले जरुरी सूचना जारी गरी यस्तो निर्देशन जारी गरेको हो । 

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भक्तपुर जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरू उक्त निर्वाचन पश्चात फिर्ता लैजान गरी बुझाउन सूचनामा भनिएको छ ।

असोज मसान्तसम्म नजिकको प्रहरी इकाइमा बुझाउन निर्देशन जारी गरेको गरिएको हो । अटेर गरी समयमा नबुझाउनेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।  भक्तपुरमा क्षेत्र नं १ र २ गरी दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरु रहेका छन् । –न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप