शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६ गोलको थ्रिलरमा रोकियो लिभरपुल

शनिबार, १५ असोज २०७९, २२ : ०२
शनिबार, १५ असोज २०७९

लिभरपुल आफ्नो घरेलु मैदानमा ब्राइटनसँग ३–३ गोलको बराबरीमा रोकिएको छ । निकै रोमाञ्चक बनेको खेलमा ब्राइटनका लियान्ड्रो ट्रोसार्डले ह्याट्रिक गरेपछि लिभरपुलमा बराबरी खेल्न बाध्य बनेको हो ।

खेलको चौथो मिनेटमा नै ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । तर ३३ औँ मिनेटमा रोबर्टो फर्मिन्होले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे ।
दोस्रो हाफमा फर्मिन्होले अर्को गोल गर्दै खेल बराबरी गरे । ६३ औँ मिनेटमा एडम वेबस्टरलले आत्मघाती गोल गरेपछि खेलमा पहिलोपटक लिभरपुलले अग्रता लिएको थियो । तर, ८३ औँ मिनेटमा ट्रोसार्डले गोल गरेपछि खेल बराबरीमा टुंगियो ।

८ खेलपछि लिभरपुल १० अंकसहित लिगको १० औँ स्थानमा रहेको छ । ब्राइटन १४ अंकसहित लिगको चौथो स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप