शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली

शनिबार, १५ असोज २०७९, २२ : १९
शनिबार, १५ असोज २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवा सङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित  धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए ।

उनले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाए । अगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय हितको पक्षमा एमाले सधैँ बोल्ने पार्टी भएको भन्दै अध्यक्ष ओलीले युवालाई देशमै रोजगारको सिर्जना हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप