शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खाने तेलमा ब्रान्डका नाममा ठगी

आइतबार, १६ असोज २०७९, ०७ : ३१
आइतबार, १६ असोज २०७९

बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । 

सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे फरक फरक ब्रान्ड छन् । फरक फरक ब्रान्ड र तिनको फरक फरक मूल्यले भने उपभोक्तालाई झुक्याइरहेको छ ।

धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुपियाँ छ । तृप्ति तोरीको तेल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिलिटर २७५ रुपियाँमा बेचिरहेको छ । पतञ्जली तोरीको तेल र भुटेको तोरीको तेल प्रतिलिटर चार सय रुपियाँ छ । यो समाचार गोरखापत्र दैनिकमा  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप