शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेवान्डोस्कीको गोल वर्षा जारी, बार्सा शीर्ष स्थानमा

आइतबार, १६ असोज २०७९, ११ : २०
आइतबार, १६ असोज २०७९

रोबर्ट लेवान्डोस्कीले आफ्नो गोल वर्षा जारी राख्दा बार्सिलोनाले मार्योकालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

शनिबार राति भएको खेलमा लेवान्डोस्कीले खेलको २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । लिगका सात खेलमा लेवान्डोस्कीको यो नवौँ गोल थियो । यो सिजन सबै प्रतियोगिताका ९ खेलमा उनले बार्साका लागि १२ गोल गरिसकेका छन् । ७ खेलपछि बार्साको १९ अंक रहेको छ । 

शनिबार नै भएको अर्को खेलमा उपाधि दाबेदार एट्लेटिको म्याड्रिडले सेभियालाई उसैको मैदानमा २–० ले हरायो । जीतसँगै एट्लेटिको लिगको पाँचौ स्थानमा उक्लिएको छ । भिल्लेरियालले भने क्याडिजसँग गोलरहित बराबरी खेल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप