शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ गीत, जसले दसैँको उमङ्ग भर्छ

आइतबार, १६ असोज २०७९, १२ : ३३
आइतबार, १६ असोज २०७९

रेडियो, टेलिभिजन, सवारीसाधन होस् वा दसैँ बजार । अचेल जताततै मालश्री धून र दसैँ भावका गीत गुन्जिएको सुन्न पाइन्छ । त्यस्ता गीतले सांगीतिक मनोरञ्जन दिनुको अलवा सबैका मनमा दसैँको उमङ्ग भर्ने काम गर्छ । हरेक वर्षको दसैँमा प्रथामिकता पर्ने ५ कालजयी गीत, जसको चर्चा अहिले गर्न खोजिएको छ । 
मालश्री धून
 दसैँमा सबैतिर प्राथमिकतामा पर्ने संगीत हो ‘मालश्री धुन’ । मंगलधुनको रुपमा परिचित यो हिन्दु परम्परामा नारी शक्तिको पूजा तथा आराधनामा धेरै प्रयोग हँुदै आएको छ । दसैँभर नै विभिन्न देवीका पूजा आरधाना हुने भएकोले यो धूनले प्रथामिकता धेरै पाउने गर्छ ।
यो धुनको कहाँ र कहिलेबाट सुरु भयो भन्नेमा पनि एकमत पाइन्न । ठाउँ अनुसार धून पनि फरक भेटिन्छन् । विषेश गरेर सारङ्गी र मुरलीको बेस रहने धुनमा विभिन्न बाजा समेत प्रयोग गरिन्छ । 

वर्षमा दिनको यो बडादसैँ जमरा कमेरो लाइएन
सशस्त्र प्रहरी बल (एपीएफ)ले बनाएको यो गीतमा स्वर्गीय कलाकार जयनन्द लामाको स्वर छ । गीतमा शब्द तथा संगीत पनि लामाले गरेका हुन् । लामालाई गायनमा बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । एपीएफले यही गीतको भाकालाई दसैँ विशेष शब्दको मिश्रण गरेर केही परिमार्जनसहित प्रस्तुत गरेको हो । हरेक दशैँमा राष्ट्रसेवक कर्मचारीले मात्रै होइन तिनका परिवारले समेत यो धेरै सुन्ने गरेका छन् । 
 
किन आउँछ दसैँ तिहार, किन बिदा बार
दसैँमा अत्यधिक गुन्जिने गीतमा पर्ने यो गीत पनि सशस्त्र प्रहरी बल (एपीएफ)ले नै निर्माण गरेको हो । दीपक कोइरालाको शब्द, गैरे सुरेशको संगीत तथा जगदीश समालको स्वर रहेको गीत राष्ट्रसेवक कर्मचारी प्रति समर्पित छ । देशको सेवामा सर्मपित राष्ट्र«सेवक कर्मचारी फौजी र उसको परिवारको पीडा गीतमा समेटिएको छ । 

वर्षमा दिनमा लै लै, हर्षका दिन यी लैलै
दसैँमा जताततै प्रथामिकता पर्ने यो गीतमा गायक सुगम पोखरेलले गाएका हुन् ।  रवि श्रेष्ठको शब्द र गायक पोखरेलकै संगीत रहेको गीतको भिडियोमा निरज, सञ्जीव, कुशल, अस्मिता, सुजित लगायतको अभिनय देख्न सकिन्छ । गीतमा दसैँ तिहार दुवै विषय समेटिएको छ । गीतले दसैँलाई हर्सको रुपमा बर्णन गरेको छ ।

‘नमुछे आमा दहीमा टीका नछरे जमरा

हरेक वर्षको दसैँमा धेरैलाई रुवाउने गीतमा पर्छ यो । रोजगारका लागि परदेशिएका छोराको मार्मिक विलौना समेटिएको गीतमा बहिनी, श्रीमती, छोराछोरी कथा समेत समेटिएको छ । भारतीय सेनामा कार्यरत रहदा पाकिस्तानसँगको युद्धको समय लक्ष्मण रायमाझीले कोरेको गीतका गायक तथा संगीतकार नारायण रायमाझी हुन् । गीतको भिडियोमा विदेशिएका युवालाई साहुले छल गरेर फसाएको कथा र उसको परिवारको दसैँ पीडा झल्काएको छ । रमा थपलिया, देवेन्द्र बाबुल, अञ्जली अघिकारी, रोशन कार्कीलगायतको अभिनय भिडियो छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप