शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनप्रगतिशील मञ्च साइप्रसको अध्यक्षमा गौतम

आइतबार, १६ असोज २०७९, १२ : ४०
आइतबार, १६ असोज २०७९

नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च साईप्रसको प्रथम अधिवेशन सम्पन्न भएको छ।​ पोलिटब्युरो सदस्य तथा प्रवास सह- इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यतामा अनलाइन जुम मार्फत भएको अधिवेशनले नवराज गौतमको अध्यक्षतामा २१ सदस्यीय साइप्रस राष्ट्रिय कमिटी बनाइएको छ।

कमिटीको उपाध्यक्षद्वयमा नबिन चौलागाई, बिनोद केसी, महिला उपाध्यक्षमा मीरा लिम्बू ,महासचिवमा रमिता थापा, सचिवमा प्रकाश विश्वकर्मा तथा कोषाध्यक्षमा लक्ष्मी तामाङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दिनेश गौतम, रानु लिम्बू, अभिनास भुषाल, अमर नेपाली, सुरज कोइराला, मन्त्री हमाल, केशरी लामा, सुवास ढकाल, अनुप पराजुली,शरण लिम्बू, चक्र तिरुवा, विजय चौलागाई, बाबुराम घिसिङ र सजित राई चयन भएको संस्थापक सचिव केशब ठकुरीले जानकारी दिए।

आयोजक समितिका संयोजक नवराज गौतमको अध्यक्षतामा भएको अधिवेशनलाई प्रवास समन्वय सचिव टीबी पाठक, युरोप अध्यक्ष सुरेन्द्र भुषाल, सचिव रणबहादुर क्षेत्री, युरोप संगठन विभाग प्रमुख उदयराज गौतम लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको सञ्चालन माया लोप्चनले गरेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप